विजयनगर, ११ जेष्ठ ।कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले आगामी याेजनाकाे सम्बन्धमा प्रधानाध्यापकहरुसँग छलफल गरेकाे छ । आइतबार बसेकाे प्रधानाध्यापककाे बैठकमा आर्थिक वर्ष २०८२/०८३ काे याेजनाकाे विषय तथा प्रशासनिक विषयमा छलफल गरिएको शिक्षा शाखा प्रमुुख हरिहर बेल्बासेले जानकारी दिए ।
बैठकमा शिक्षा क्षेत्रमा देखिएका चुनाैती, गुणस्तरीय शिक्षाका लागि चाहिने आधारभूत पक्ष, विद्यालयमा आवश्यक न्यूनतम भाैतिक पुर्वाधार लगायतका विषयमा गाउँपालिकालाई राय, सल्लाह सुझाव दिएकाे छ ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकालाई समृद्ध बनाउने हिसाबले निरन्तर लागेकाे बताएका छन् । उनले संघकाे बजेटमा अधितम याेजना समावेश हुने गरी अगाडी बढेकाे बताए । अध्यक्ष थापाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट समावेश गरेकाे जनाए ।
गाउँपालिकाकाे तर्फबाट र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरुबाट बजेटकाे माग गरिएको उनलाई भनाइ छ । संघीय र प्रदेश सरकारसँग याेजनाका लागि निरन्तर पहल गरिरहेको उनलेे बताए ।
बैेठकमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे, सामुदायिक विद्यालय तथा धार्मिक विद्यालय मदरसाका प्रधानाध्यापकहरुकाे उपस्थिति थियोे ।











