चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटामा २ हजार ८५९ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइएको छ।
२०८३ कार्तिक १६ गते सोमबार सञ्चालन गरिएको कार्यक्रममा १ देखि ५ वर्ष उमेर समूहका १ हजार ३३२ बालिका र १ हजार ५२७ बालक गरी कुल २ हजार ८५९ जनालाई स्वर्णबिन्दु प्राशन गराइएको हो।
बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटाका प्रमुख सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगीप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
केन्द्रका प्रमुख पाण्डेका अनुसार आगामी स्वर्णबिन्दु प्राशन कार्यक्रम २०८३ मंसिर १३ गते सञ्चालन हुनेछ।









