कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुरस्थित जेनिथ इङ्लिस बोर्डिङ स्कुलको ११औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले विद्यालयको अध्यक्ष पदमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अधिवेशन सम्पन्न भएको हो।
नवनिर्वाचित नेतृत्वले विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याउँदै विद्यार्थीमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ।









