चन्द्रौटा । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा विष्णुप्रसाद खतिवडा पुनः सर्वसम्मत चयन हुनुभएको छ। प्रतिष्ठानको नवौँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
शिवराज नगरपालिका–५ चन्द्रौटामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवराज सुवेदी, ओमप्रकाश भण्डारी र भक्ति पौडेललाई चयन गरेको छ। त्यस्तै, सचिवमा खगेश्वर गिरी, सहसचिवमा अक्षिता शुक्ला र कोषाध्यक्षमा फर्सबहादुर विश्वकर्मा चयन हुनुभएको छ।
कार्यसमिति सदस्यहरूमा गोपाल बन्जाडे, रमेश खनाल, भूमिराज भट्टराई, डिल्लीराज तिमिल्सिना, सीताराम चौधरी, शान्ता विश्वकर्मा, कुलचन्द्र खनाल, रुपा कहार र सुलोचना रायमाझी चयन हुनुभएको छ।
अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य र प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष भूमिराज भट्टराईको विशेष उपस्थिति रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवराज नगरपालिका–१ का वडाध्यक्ष खिमविक्रम केसी र वडा नं. ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेको विशिष्ट आतिथ्यता रहेको थियो।









