चन्द्रौटा । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको अध्यक्षमा भूमिराज भट्टराई चयन भएका छन्। प्रतिष्ठानको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको हो।
शनिबार सम्पन्न अधिवेशनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी नयाँ कार्यसमिति चयन गरेको हो। प्रदेशका विभिन्न जिल्लामा कार्यरत मानव अधिकारकर्मी तथा प्रतिनिधिहरूलाई समेटेर समिति गठन गरिएको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा रणदीप खतिवडा र माधवप्रसाद भुसाल, सचिवमा विष्णुप्रसाद पाठक, सहसचिवमा नवराज न्यौपाने तथा कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा सीताराम चौधरी, अर्जुनकुमार पौडेल, प्रहल्हाद प्रसाद पाण्डे , खगेश्वर गिरी, लालबहादुर केसी, सन्तोष गुप्ता, रिजाल, एकदेव बस्याल, एहसान , प्रकाश भण्डारी, पारसमणि पाण्डे, मोहन अधिकारी, हेमन्त मरासिनी, लुकराज न्यौपाने , निर्मल कुमार हमाल, फिलिप महमद, सुमित्रा थापा क्षेत्री ,सरिता कुमारी चौधरी, शेषमती मल्लाह , भक्ती पौडेल चयन हुनु भएको छ।
अधिवेशनले प्रदेशभर मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने तथा नागरिकका अधिकार हननका घटनामा खबरदारी गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।









