विजयनगर, १० असार ।कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि ६६ कराेड ४८ लाख ४६ हजार ७ सय २७ रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाकाे दाेस्राे सभाकाे साताैँ अधिवेशन (वर्षे अधिवेशन) बाट सर्वसम्मतले नीति तथा कार्यक्रमहरु ल्याएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष तथा सभा उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले निति तथा कार्यक्रमहरु प्रस्ततु गर्दै गाउँसभाले ल्याएका बजेटलाई कार्यान्वयनमा जाेड दिने बताइन् ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले समृद्ध गाउँपालिका बनाउने हिसाबले लागेको बताए । चाैतर्फी विकासमा समानुपातिक ढंगले अगाडी बढेकाे उनलेे जिकिर गरे ।
गाउँपालिकाले विनियोजन विधेयक र आर्थिक विधेयक गाउँसभामा पेश भएको प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले जानकारी दिए ।










