शितगंगा, असार ९- शितगंगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड ६७ रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको छ।
बजेटमा नगर भित्रका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रमा प्राथमिकता दिइने जनाइएको छ। नगरवासीको आधारभूत आवश्यकता सम्बोधनका साथै दिगो विकासलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको उप–प्रमुख गिता भाटले बजेटमा प्रस्तुत गर्नु भएको थियो ।











