कपिलवस्तु -शिवराज नगरपालिका वडा नम्बर ५ मा पर्ने रतावल सामुदायिक वनको सक्रिय पहलमा उत्तर रतावल सामुदायिक वनको प्रवेशद्वारदेखि मैनारीतर्फ जाने कहरा खोलासम्मको जीर्ण सडक स्तरोन्नतिको कार्य सुरु गरिएको छ।
विगत लामो समयदेखि बिग्रिएको सडकका कारण स्थानीयवासी तथा सवारी साधन आवतजावत कठिनाइ हुँदै आएकोमा सामुदायिक वन उपभोक्ता समितिले अग्रसरता लिएर बाटो निर्माणले राहत पुग्ने छ ।
सडक सुधार भएपछि रतावलदेखि मैनारीतर्फको आवागमन सहज हुने र कृषिजन्य उत्पादनको ढुवानीमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको सामुदायिक वन समितिका अध्यक्ष यज्ञ बेल्बासेले वताउनु भयो ।शिवराज ५ का वडा अध्यक्ष नेत्र बेल्बासेले विकासका काममा समुदायको पहल र सहभागिता अत्यावश्यक रहेको बताउनु भयो।यस सडक स्तरोन्नति कार्यले ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुगाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।











