कपिलवस्तु -रहतवाल सामुदायिक वन उपभोक्ता समूहको शनिबार हुने अधिवेशनमा अध्यक्ष पदका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान अध्यक्ष यज्ञ बेल्वासे दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारीमा उत्रिएका छन् भने समूहका पूर्व कार्यालय सचिव उत्तम थारुले पनि नेतृत्व दाबी गरेका छन्।
बेल्वासे पक्षको प्यानलमा उपाध्यक्ष तिलकराम जोगी कुवर, सचिव बबिता थरुनी, सह–सचिव आशाराम थारु र कोषाध्यक्ष सीता चौधरी थारु छन्। त्यसैगरी, थारु पक्षबाट उपाध्यक्ष राजकुमार थारु, सचिव कौशिल्या थारु, सह–सचिव बलिराम कुमार थारु र कोषाध्यक्ष विमला बेल्वासे उम्मेदवार छन्।
अधिवेशनमा ठूलो संख्यामा उपभोक्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। यसै अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने समूह स्रोतले जनाएको छ।












