कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
क्षेत्रीय कार्यसमितिको आयोजनामा कात्तिक १४ गते बिहान ११ बजे विजयनगर गाउँपालिका–३ स्थित जगदीशपुर विद्यालय अगाडिको हलमा कार्यक्रम हुने भएको हो।
क्षेत्रीय सभापति गोविन्द खत्रीले चाडपर्वको अवसरमा आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्। उनले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाउन सबैलाई आग्रह गरेका छन्।
कार्यक्रममा क्षेत्र नं. ३ अन्तर्गतका ३३ वटै इकाई सभापति तथा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, पालिका सभापति तथा कार्यसमिति, प्रदेशसभा क्षेत्र ३ (क) र (ख) का सभापति तथा पदाधिकारी, महाधिवेशन प्रतिनिधिलगायत कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आमन्त्रण गरिएको छ।









