२०८२ साउन २६, बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै दर्ता गराएको निवेदनमाथि भएको बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा बहस सम्पन्न भइसकेको र अहिले आदेश लेखनको प्रक्रिया जारी रहेको अदालत स्रोतले जानकारी दिएको छ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका छन्। उनले आफू उक्त प्रकरणमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, आफ्नो भागको बिगो बराबरको जमानत बुझाएर रिहा गराउन माग गर्दै उनले यही साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दर्ता गरेका थिए।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार उक्त निवेदनमा सुनुवाइ बहस सकिए पनि आदेश भने अझै जारी भएको छैन।











