कपिलवस्तु - कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा अवस्थित श्री दुर्गामन्दिर संरक्षण समितिको आठौँ साधारणसभा तथा पाँचौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले मन्दिर संरक्षण समितिमा उदाहरणीय कार्य गर्दै सर्वसम्मत रूपमा ११ सदस्यीय पूर्ण महिला समिति चयन गरेको छ।
अधिवेशनबाट कमला पाण्डे अध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा हिमानी पुन, सचिवमा सरस्वती गैरे, सह–सचिवमा तिला बराल तथा कोषाध्यक्षमा पार्वती भुसाल चयन हुनुभएको छ।
सदस्यहरूमा बिमला न्यौपाने, बसन्ता भण्डारी, देवी न्यौपाने, लिला पाण्डे, रेखा चालिसे र सृजना न्यौपाने चयन हुनुभएको छ।
धार्मिक तथा सामाजिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा महिलाहरूको सक्रिय नेतृत्वलाई उदाहरणीय रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ पूरै महिला टोली चयन हुनु स्थानीय स्तरमा सकारात्मक सन्देशको रूपमा लिइएको छ। समितिले आगामी दिनमा मन्दिरको संरक्षण, व्यवस्थापन तथा सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।











