कपिलवस्तु - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कपिलवस्तुका अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । कपिलवस्तुको चन्द्रौटामा भएको प्रदेश समितिको भेलाले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको हो ।
शनिबार कपिलवस्तुमा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन
पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिर बहादुर बुढा, बिन कुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि, राकेह कुर्मी, महनाज खान, इन्द्र बहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाह, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठ लगायत चयन भएका छन् ।
कार्यक्रम लाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अशोक राईले
मुलुक दलहरूबीचको भागबन्डाको राजनीतिले देश थिलोथिलो बनेको भन्दै अब भागबन्डाको राजनीति अन्त्य हुनु पर्ने बताउनु भयो । भ्रष्टाचारबाट देशलाई जोगाउनु आजको मुख्य राजनीतिक कार्यभार हो त्यसका लागि जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था स्थापना गर्नुपर्ने माग संस्थापनदेखि नै उठाउँदै आएको बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै महासचिव मोहम्मद इश्तियाक राईले
जनता समाजवादी पार्टीले विचार तथा एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गर्दै बृहत मोर्चा निर्माण गरेर निर्वाचनमा सहकार्यको नीति अपनाउँदै आफ्ना एजेन्डा लागू गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज मनिकर कार्की
, कार्यकारिणी समिति सदस्य अख्तर हुसैन फारुकी, पार्टीका लुम्बिनी प्रदेश सहइन्चार्ज नबिन कुमार सुनुवार, प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, केन्द्रीय सदस्य अकरम पठान, अमरबहादुर खड्का, नेत्रबहादुर थापा, तरन्नम बानु, खिक बहादुर बुढालगायतले बोल्दै संकटको बेला पार्टीको विचार र सिद्धान्तको रक्षा गर्दै संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो ।











