कपिलवस्तु — शिवराज नगरपालिका वडा नम्बर ५ ले दाउराको खपत कम गर्दै स्वास्थ्यमैत्री खाना पकाउने प्रवद्धतिलाई प्रोत्साहन गर्न ३०० जनालाई सुधारिएको दाउरावाला चुलो वितरण गरेको छ। वातावरण संरक्षण र ऊर्जा दक्षतासँग जोडिएको यो कार्यक्रम स्थानीयस्तरमै प्रशंसनीय पहलको रूपमा हेरिएको छ।
कार्यक्रमका नगर उपप्रमुख शिवकुमारी थारु ले सुधारिएको चुलोले घरायसी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने, विशेषगरी बालबालिका र महिलालाई धुवाँजन्य समस्या बाट जोगाउने बताए।
सुधारिएको चुलो वितरण कार्यक्रम वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो। उहाँका अनुसार चुलो वितरण बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० %, हरित जलवायु केन्द्रको ४० %, शिवराज नगरपालिकाको १५ % र उपभोक्ताको ५ % लागत साझेदारीमा सम्पन्न गरिएको हो।
वडा अध्यक्ष बेल्वासेले सुधारिएको चुलो दाउरा बचत, धुवाँ नियन्त्रण र वातावरणीय प्रदूषण घटाउन अत्यन्त प्रभावकारी हुने जनाउँदै आगामी दिनमा पनि वातावरणमैत्री कार्यक्रम निरन्तर अघि बढाइने बताए।
स्थानीयवासीहरू सुधारिएको चुलो पाउँदा खुसी भएका छन ।











