कपिलवस्तुको शिवराज ३ र ५ मा अवस्थित रहतावल सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न निर्वाचनमा अध्यक्षमा उत्तम चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेस र राप्रपाको समर्थनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका चौधरीले एमाले समर्थित यज्ञ बेल्बासेलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। अध्यक्ष पदमा चौधरीले ३३३मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी बेल्बासेले २५१ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा राजकुमार थारु ३४६मतका साथ विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तिलकराम जोगी कुंवरले २३२मत ल्याए। सचिवमा कौशिल्या थारु ३३२मतसहित निर्वाचित भएकी छिन भने प्रतिस्पर्धी बबिता थारुले २४८मत प्राप्त गरिन्। सहसचिवमा बलिराम थारुले ३१९ मत ल्याउँदै विजय हासिल गरे भने उनका प्रतिस्पर्धी आशराम थारुले २६० मत प्राप्त गरे। कोषाध्यक्ष पदमा बिमला बेल्बासे ३३४ मतसहित निर्वाचित भएकी छन् भने उनका प्रतिद्वन्द्वी सीता चौधरीले २४४मत पाएकी छन्। सदस्य पदमा बाघ चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार विजयी भएको निर्वाचन समितिले जनाएको छ।










