कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिका–३ मैनार बुलाकियास्थित चेतनशील सामुदायिक वन उपभोक्ता समूहको १५औं साधारणसभा सम्पन्न भएको छ।
प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री अर्जुन कुमार केसीले सामुदायिक वनले वन संरक्षणसँगै आर्थिक सशक्तीकरणमा पनि योगदान पुर्याउने काम गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै,शिवराज नगरपालिका उप–प्रमुख शिवकुमारी चौधरीले वनले स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो।
डिभिजन वन कार्यालयका प्रमुख वाग्लेले वन व्यवस्थापनमा प्राविधिक दक्षता र वन अपराध नियन्त्रणमा सहकार्य आवश्यक रहेको धारणा राखे।
वडा अध्यक्ष सापकोटाले स्थानीय तह र सामुदायिक वनबीचको सहकार्यले दिगो विकासका लागि बलियो आधार तयार भएको बताए।
कार्यक्रममा समूहका अध्यक्ष रामपाल चौधरीले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै विगत वर्षका गतिविधि र आगामी योजनाबारे जानकारी दिएका थिए। साधारणसभामा उपभोक्ता समिति, विभिन्न साझेदार संस्था र सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।











