कपिलवस्तु, भदौ १७ ।कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुर (हंसबाहिनी टोल) स्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे हतियारसहित आएको समूहले चोरी गरेको छ ।
चार जनाको समूहमा आएका चोरहरूले पेस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेको स्थानीयले बताएका छन् ।
घटनापछि घरपरिवार त्रासमा परेको जनाइएको छ । चोरीभए परिवारले दुई वटा मोबाइल पनि चोरी गरेको जनाको छ सोही मोबाइलको आईएमी नम्बर र शिसी क्यामेराको नीग्रानीमा चोरीबारे अनुसन्धान भैइरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनु भयो ।










