शिवराज नगरपालिका–३ मदवाकी ५५ वर्षीया डम्बर कुमारी बलामीको सवारी दुर्घटनापछि पोस्टमार्टमका लागि लगिएको शवबाट कानमा रहेको सुन हराएपछि विवाद उत्पन्न भएको छ । घटनाले अस्पताल, प्रहरी प्रशासन बीच विश्वासको संकट समेत ल्याएको छ ।
गत असार ४ गते दुर्घटनामा परी मृत्यु भएकी बलामीको शव पोस्ट मार्टमका लागि शिवराज नगरपालिका–५ चन्द्रौटा स्थित आधारभूत अस्पताल लगिएको थियो। परिवारका अनुसार शव लगिँदा बलामीको कानमा १ तोलाका दुईवटा सुनका रिङ्ग थिए, जुन शव सँगै अस्पताल पुगेको पुष्टि गर्छन् ।
तर शव पोस्ट मार्टम पछि बुटवल अन्त्येष्टि स्थल लैजाँदा, ती सुनका रिङ्ग हराइसकेका थिए। यस विषयमा अस्पताल परिसरमै हंगामा भएको थियो। परिवारले १३ दिने किरिया सकेपछि औपचारिक रूपमा प्रहरीमा सुन हराएको उजुरी दिएका थिए ।
अस्पताल र प्रहरीको भूमिकाविवादास्पद
शव चिरफारमा संलग्न डा. अमित पाण्डे र सहायक कर्मचारी सेराज अहमद दर्जीलाई अनुसन्धानको घेरामा ल्याइएको थियो । डा. पाण्डेले आफू पोस्टमार्टम सुरु हुनुअघि नै शवमा सुन नभएको देखिएको तस्बिर रहेको बताए । उनले दर्जीलाई वास्तविकता बताउन पटक–पटक आग्रह गरे पनि दर्जीले आफु निर्दोष भएको बताइरहेको जानकारी दिए । शव सुरुमा प्रहरीले शवगृहमा राखेपनिकरिव २ घण्टा पछि मात्र कर्मचारी गएका थिए ।
पैसाको वर्गेनिङ
पिडित परिवार सदस्यहरुले मृतकका मृत्यु भएपछि पैसा पाउनुपर्ने माग राख्छन् । स्थानीय केहि व्यक्तिहरुको दवावमा प्रहरीले सकेसम्म बाहिरै मिल्नुपर्ने तर्क राख्छ । छलफल पश्चात पीडित परिवारका अनुसार साउन ३ गते अस्पताल कर्मचारी सेराज अहमद दर्जीले रु १ लाखदिन प्रस्ताव गरेका थिए । एक लाखले अपुग हुने भनेपछि पिडितले सुनको विल दिएपछि हाल चलेको सुनको दर बमोजिम २ लाखमाग गर्छन ।चेक दिने भनेपनिसाउन ५ गते सोही रकम नगदमा बुझाइएको हो । परिवारले प्रश्न उठाएको छ — “यदि दोषी होइनन् भने २ लाख रुपैयाँ किनदिनुपर्ने ?”
प्रहरी भूमिका माथि प्रश्न
वडा प्रहरी कार्यालय चन्द्रौटाले भने घटनालाई सामान्य रूपमा लिएको देखिएको छ। महिनौं सम्म पनि दोषी पहिचान नगरेको भन्दै स्थानीयले प्रहरी प्रशासनको भूमिका माथि प्रश्न उठाएका छन ्। प्रहरी कार्यालयमा रकम लेनदेन भएको भए पनि प्रहरी अनविज्ञ भएको देखिन्छ ।
प्रहरी निरीक्षक सुजन शाहले उजुरीका आधारमा अनुसन्धान भइरहेको बताए। उनले सेराज दर्जीलाई पटक–पटक सोधपुछ गरिए पनि उनले सुन चोरी स्वीकार नगरेको बताए। बाहिर मिलापत्र भएको भन्ने विषयमा आफू अनभिज्ञ रहेको प्रहरी निरीक्षक शाहको भनाइ छ । किटानी जाहेरी आएमा कानून अनुसार कारवाही हुने बताए ।
अस्पतालले बर्खास्त गर्यो
अस्पतालका अध्यक्ष नेत्र प्रसाद बेल्बासेले प्रेस बिज्ञप्ति जारी गर्दै पोस्टमार्टम कार्यमा जिम्मेवारी पाएका कर्मचारीलाई मिति २०८२ श्रावन १ गते देखि लागु हुनेगरी सेवाबाट वर्खास्त गरेको बताए ।
मेयर थापा भन्छन् : दोषीलाइ कारवार्ही
महिना दिन अगाडीको घटनामा चुईक्क नबोलेका मेयर अजय थापाले आलोचना चुलिएपछि स्टाटस लेख्दै “गलत कार्यमा संलग्न जो कोही भए पनि कारबाही गरिनेछ” भन्दै अस्पष्ट भाषामा प्रतिक्रिया जनाएका थिए ।
नगर प्रमुख अजय थापाले असार ४ यता घटनामा मुछिएका कर्मचारीलाई हाजिर नलगाउन निर्देशन दिइसकेको जानकारी दिए । दोषीलाई नछोडिने अडान राख्दै उनले अनुसन्धान निष्पक्ष हुने आश्वासन दिएका छन्।
जागिर र इज्जत बचाउन रकम दिए
आरोपित कर्मचारी सेराज अहमद दर्जीले आफु निर्दोष भएको दाबी गर्दै, जागिर र इज्जत बचाउन बाध्य भएर रकम बुझाएको बताएका छन्। पोष्टमार्टम कार्यालयको जिम्मेवारी आफूसँग भएकाले जिम्मेवार बनेको बताए । आफु निम्नवर्गको भएकोले नेपाल बैकमा श्रीमतिका गहना राखेर ऋण लिएको बताए । तर दर्जी निर्देष भएको भनि मिडियामा प्रतिक्रिया दिन भने चाहेनन् ।










