कपिलवस्तु, चन्द्रौटा — पछिल्ला केही सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालमार्फत मोहन केसीको नामलाई भुमाफिया भनेर जोडेर प्रस्तुत गरिएको समाचारप्रति केसीले गम्भीर आपत्ति जनाउनु भएको छ । उहांले सो प्रकासित समाचारमा आफ्नो नाम जोडेर भ्रामक, आधारहीन र पूर्णतः तथ्यविहीन भएको स्पष्ट पार्दै यस प्रकारका गलत सूचनाबाट आफ्नो सामाजिक प्रतिष्ठामा आँच पुगेको बताउनु भएको छ। केही मान्छेलेआफ्नो बदनाम गर्ने नियातले गलत प्रचार गर्न नियोजित रुपमा लागेको बताउनु भयो ।
जनआस्था अनलाइन पोर्टलमा आफ्नो प्रत्यक्ष धारणा नलिई एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरेको भन्दै केसीले खेद व्यक्त गर्नु भएको छ ।
खुलस्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्दै केसीले "शिवराज नगरपालिका–५, हेलौडिहवामा रहेको आफ्नो गोदाम अगाडि रहेको सडकमा संघीय वा प्रदेश सरकारको कुनै पनि तहबाट बजेट विनियोजन नभएको बताउनु भएको छ।
आफु कुनै पनि किसिमको जग्गा दलाली, किनबेच वा भुमाफियासँग सम्बन्धित कार्यमा संलग्न नभएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गर्नु भएको छ ।
उहांले आम सर्वसाधारण तथा सञ्चारकर्मीहरूलाई यस्ता भ्रामक समाचारहरूप्रति सचेत रहन र कुनै पनि समाचार प्रकाशन गर्नु अघि तथ्य परख गर्न अनुरोध गर्नु भएको छ ।











