कपिलवस्तु, असार ८ —कपिलवस्तुको शिवराज नगरपालिका–११ मा किशोरीहरूलाई साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा ४४ जना अति विपन्न परिवारका किशोरीहरूलाई एक–एक थान साइकल प्रदान गरिएको हो।
शिक्षामा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै टाढा विद्यालय जानुपर्ने बाध्यताका कारण पढाइमा समस्या हुने किशोरीहरूलाई सहज आवागमनका लागि साइकल वितरण गरिएको वडा अध्यक्ष रमेश्वर प्रसाद बर्माले बताउनु भयो ।यसले विद्यालयमा उपस्थिति दर वृद्धि र पढाइमा उत्साह थप्ने बताउनु भयो ।
कार्यक्रममा वडा सचिव, विद्यालयका प्रतिनिधि, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
साइकल पाएर खुशी हुँदै किशोरीहरुले अब सजिलै समयमा विद्यालय पुग्न सहज हुने बताए ।











