कपिलवस्तु — जिल्लाको विजयनगर गाउँपालिका–५ नौरंगियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार अन्दाजी ४ ०/ ४५ वर्षीया जन्ममति यादवको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो।
बुधबार साँझ करिब साढे ५ बजेतिर डालपुर–नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा अचानक चट्याङ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











