कपिलवस्तु - शिवराज नगरपालिका वडा नम्बर ३ ले वार्षिक बजेट निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ। स्थानीय तहको बजेट निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले वडा कार्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो।
वडाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि वडा नम्बर तिनले १ करोड १ लाख ९३ हजार रुपैयाँको सिलिङ बजेट पाएको छ। यो बजेट स्थानीय आवश्यकता, प्राथमिकता र पूर्वनिर्धारित योजनाहरुलाई प्राथमिकता दिई वितरण गरिने वडा कार्यालयले जनाएको छ।
हमीले जनप्रतिनिधि भएर जनताको आवाजअनुसार योजना बनाउनु हाम्रो पहिलो कर्तव्य भएको भन्दै वडा बाट आएको बजेटको सिलिङको आधारमा योजना तर्जुमा गर्न अन्तरक्रिया कार्यक्रम गरेको बताउनु भयो ।

वडाबासीको आवश्यकता र सुझावलाई समेटेर पारदर्शी र उत्तरदायी बजेट निर्माण गर्ने उहाँले बताउनु भयो।
कार्यक्रममा वडा सचिव, टोल विकास समिति, महिला समूह, युवाहरु र स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले आफ्ना आवश्यकता, योजना र सुझाब राख्दै बजेट निर्माणमा प्रत्यक्ष सहभागिता जनाएका थिए।












