एक कार्यक्रमबीच क्लबका अध्यक्ष बालकृष्ण पाण्डे र पूर्वअध्यक्ष टी. एन. गैरेले बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठलाई उक्त पोशाक हस्तान्तरण गर्नुभएको हो ।
रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष पाण्डेले बरुण यन्त्रका अग्नि नियन्त्रकहरू जनताको ज्यान र सम्पत्तिको सुरक्षाका लागि जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि पोशाक अत्यावश्यक रहेको बताउनुभयो ।
“आगलागी नियन्त्रणमा खटिने कर्मचारीहरूसँग आवश्यक सुरक्षात्मक पोशाक नहुँदा उनीहरूले निकै कठिनाइ भोग्नु परेको थियो,” अध्यक्ष पाण्डेले भन्नुभयो, “अब यी पोशाकले उनीहरूलाई आगो निभाउने क्रममा थप आत्मविश्वास र सुरक्षा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”
नगरप्रमुख केशवकुमार श्रेष्ठले बुद्धभूमि नगरपालिकाले हालै खरिद गरेको दमकलसँगै अब सुरक्षात्मक पोशाक प्राप्त भएपछि नगरमा आगलागी नियन्त्रण कार्य अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले अग्नि सुरक्षा क्षेत्रमा देखाएको सक्रियताका लागि रोटरी क्लब अफ कपिलवस्तुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राख्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रशासकीय अधिकृत वादसुदेव भट्टराई, रोटरियन ज्ञानु चौधरीलगायतको उपस्थिति रहेको थियो ।











