कपिलवस्तु जेठ १८ ।कपिलवस्तुका महिला स्वयंसेविकाहरूलाई साइकल वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको रतावल सामुदायिक वनले सामुदायिक वन क्षेत्रभित्र रहेका महिला स्वयंसेविकाहरूलाई साइकल वितरण गरिएको वनका अध्यक्ष यज्ञ बेलबासेले जानकारी दिनुभयो ।
महिला स्वयंसेविकाहरूलाई साइकल वितरण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले महिलाहरुलाई साईकल वितरण गरीनु राम्रो पक्ष भएकोे बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासले स्वयंसेविकाहरूलाई साइकिल वितरणले स्वास्थ्य सेवामा थप सहज हुने बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ३ कर्मडिहकी सिमा जि सी र सोहि वडाकै गिद्यौराकी राम भरोसनी थारु यस्तै वडा नम्बर ५ उत्तर रहटकोलकी चैती थारु र दक्षिण रहटकोलकी अन्जु थारुलाई एक एक थान साइकल वितरण गरिएका हो ।
साइकिल वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु साखा सचिव सनिउल्ला धोवि वनका पदाधिकारी जनप्रतिनिधी तथा स्थानिय भद्रभलादमीको समेत सहभागीता रहेको थियो ।











