कपिलवस्तु -कपिलवस्तुको चन्द्रौटामा रहेर डेढ दशक लामो पत्रकारिता गर्दै आउनु भएका पत्रकार दिपक केसि को शुक्रबार राती १ बजे मृत्यु भएको छ । ब्लड क्यान्सरबाट पछिल्लो दुई वर्षदेखि उपचाररत केसीको अचानक शुक्रबार साझ शरीरमा केही असहज महसुस भए लगत्तै चन्द्रौटामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । अस्पतालले बुटवल रिफर गरे लगत्तै केसिलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले जाँच गर्दागर्दै केसीलाई मृत घोषणा गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तु साखा सचिव सानीउल्ला धोबिले जानकारी दिनुभएको छ ।
अर्घाखाँची घर भएका ३६ वर्षीय केसी कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजर ,मोफसल खबर का अध्यक्ष समेत रहेका केसी अन्य मिडियामा समेत कार्यरत रहनुभएको थियो । केसीका एक छोरा र एक छोरी श्रीमती रहेका छन ।
पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी गराउनुभएको छ । क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएको थियो ।दुखको यश घडिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु साखाले शोक बिज्ञिप्ती निकालेर दुख ब्याक्त गरेको छ ।
प्रेस सेन्टरका सदस्यसमेत रहेका केसीको शनिवार नै रिडि घाटमा अन्त्येष्टि गरिएको छ ।










