कपिलवस्तु — राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा कपिलवस्तुका विष्णु बहादुर हमाल केन्द्रीय सदस्य पदमा ३ मतको झिनो अन्तरले विजयी भएका छन्। उनले ६७ मत प्राप्त गर्दै आफ्नै जिल्लाकी प्रतिस्पर्धी धन कुमारी अधिकारीलाई पछि पारे, जसले ६४ मत ल्याइन्।
दुबै उम्मेदवार कपिलवस्तु जिल्लाबाट रहेका हुन्। विष्णु बहादुर हमाल नेकपा एमाले शिवराज नगर कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश समिति सदस्य हुन्। उनी सुमन पुरी निकट प्यानलबाट उम्मेदवार बनेका थिए। धन कुमारी अधिकारी भने एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालको पूर्व केन्द्रीय सदस्य हुन्। उनी क्षितिज थेबे प्यानलबाट चुनाव लडेकी थिइन्।
महाधिवेशनमा अध्यक्षसहित अधिकांश पदमा थेबे प्यानल विजयी भए पनि हमाल पुरी प्यानलबाट निर्वाचित हुने केही उम्मेदवारमध्ये एक हुन्। झिनो मतान्तरमा भए पनि हमालको विजयले लुम्बिनी प्रदेशमा पुरी समूहको प्रभाव अझै कायम रहेको संकेत गरेको विश्लेषण गरिएको छ।
विजयपछि प्रतिक्रिया दिँदै हमालले भने, “म यो जितलाई जिम्मेवारीको रूपमा लिएको छु। युवाको हक, अधिकार र संगठन सशक्तीकरणमा निरन्तर काम गर्नेछु।











