कपिलवस्तु –कपिलवस्तुको तौलिहवामा एएचएफ ( एड्स हेल्थ केयर फाउन्डेशन ) ले कपिलवस्तुमा संचालन गरेको परियोजना सल्लाहकार बैठक तौलिहवामा संपन्न गरिएको छ ।
कपिलवस्तु नगरपालिकाद्धारा आयोजित बैठकमा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले एचआईभि एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुसंग समन्वय गरी अघि बढनु पर्ने बताए । उनले पहिले भन्दा अहिले एचआईभि संक्रमितलाई सजिलो वातावरण रहेको भन्दै उनले अहिले भने फेरी खुलापन बढी भएको महसुस भएको बताए । उनले एचआईभि न्युनीकरणकालागि संस्थाहरुको बृहद कार्यशला गोष्ठी हुनु पर्ने बताए । उनले एचआईभि संक्रमणबाट बच्न ब्यक्तिहरु आफै सजह हुनु पर्ने बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रशाकीय अधिकृत पदमराज श्रेष्ठले सामाजिक बहिस्कारका कारण अझै पनि थुप्रै संक्रमित लुकेर बस्न बाध्य भएको बताए । उनले लुकेर बसेको एचआईभि संक्रमितलाई बाहिर ल्याउन रणनीतिक योजना बनाउन जरुरी रहेको बताए । उनले संक्रमितहरुलाइै केन्द्रित गरी कार्यक्रम संचालन गर्नु पर्ने बताए ।
कार्यक्रममा परियोजनाकी परामर्शदाता कुसुम थापाले जिल्लामा ४ सय ४९ संक्रमित रहेको बिवरण प्रस्तुत गरिन । गत बर्ष ८ सय ८० जनाको परिक्षण गर्दा २० जना संक्रमित फेला परको बताईन । २ सय ८ जनाका सामुदायिक परिक्षण गर्दा ६ जना पोजेटिभ केस भेटिएको थियो । ७ जनाले भाईरल लोडको सेवा लिएको, १० जनाको पुन सुरुवात गरेको, ३० जना संपर्कबिहिन बनेको छन । गत बर्ष ११ जना संक्रमितको मृत्यु भएको र हाल सम्म ६९ जना संक्रमितको मृत्यु भएको छ । ९ जनाले पिएमसिटीको सेवा लिएका छन । १ सय ६५ जना सक्रमितलाई सहयो गरेको र ८ जनालाई ल्याब सेवाका समेत सहयोग गरिएको छ ।
एएचएफले गत बर्ष ६ हजार ४६५ लव कन्डमा बितरण गरेका थियो ।सो अवसरमा परियोजना संयोजक धर्मराज भट्टराईले एएचएफ र त्यसले गरेको कार्यका बिषयमा जानकारी गराएका थिए । उनले संस्थाले एचआईभि संक्रमितको खोजपडताल, परिमर्श, उपचार लागतयका बिषयमा काम गर्दै आएको बताए । यौनकर्मी, सुईद्धारा लागु औषध लिने तथा सबै भन्दा बढी बैदेशिक रोजागरीबाट फर्केर आएका ब्यक्तिहरु संक्रमित भएको भेटिएका छन










