चन्द्रौटा, कपिलवस्तु | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका नेता प्रदिप थापालाई परस्त्रीको घरबाट प्रहरिले नियन्त्रणमा लिएको छ ।
राईजिङ स्टार युवा क्लबका अध्यक्ष शिवराज नगरपालिका–५ निवासी थापा राति करिब ११ बजे पूर्व रहटकोलकी एक महिलासग कोठामा भेटिएपछि स्थानीयले उनलाई घेराबन्दी गरी नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएका छन ।
बुधबार राती माईती घर गएकी महिला र थापालाई कोठामै उनका जेठाजु सहितका स्थानीययले नग्न अवस्थामा भेटिएका थापालाई कुटपिट समेत गरेका थिए ।
थापालाई स्थानीयले कुटपिटमा उत्रिएपछि उक्त महिलाले बचाउ गरेकी थिईन ।थापा मदिराको मातमा उनले कपडा समेत लगाउन सकेका छैनन । स्थानीय कुटपिटमा उत्रिए पछि उनले माफी माग्दै परेको सबै बेहोर्न बताएका थिए।
तीन वर्ष अगाडि बिबाह गरेकी महिलाका श्रीमान् बिबाह गरेको एक महिनामै विदेशमा गएका थिए । बिबाह दर्ता समेत नरहेको बताइएको छ । स्थानिय केही नेताहरु मिलापत्र गराउने प्रयास गरिरहेको बताइको छ । अनुसन्धान भइरहेको र उजुरिको आधारमा अघि बढने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताए । हाल सम्म उजुरी भने नपरेको प्रहरि जनाएको छ ।
घटना पछि महिलालाई उनको माईती पश्चले जिम्मा लिएका छन भने थापा प्रहरिकै नियन्त्रणमा रहेको छ्न । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक सुजन शाहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।











