कपिलवस्तु - शिवराज जेसिजले नयाँ बर्ष २०८२ को क्यालेन्डर बिमोचन गरेको छ । चन्द्रौटामा मंगलबार एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदान तथा क्यालेन्डर बिमोचन गरेको हो । कार्यक्रम शिवराज जेसिजका अध्यक्ष रबिन पौडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष सरोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै औपचारिक रूपमा क्यालेन्डर सार्वजनिक गरिएको महासचिव कविराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा शिवराज जेसिजका पूर्व अध्यक्ष विजय सापकोटा, बुद्धि सागर सापकोटा, यज्ञ प्रसाद पौडेलसहित बोर्ड पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले जेसिजको सशक्त उपस्थितिलाई पुनः पुष्टि गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरेको छ।










