चन्द्रौटा —कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापनको स्थलगत अनुगमन ,अवलोकन तथा सरोकारवालासँग सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
रहतावलले वन जोगाउन गस्ती र सचेतना अभियानलाई समेत तिब्रता दिएको छ । वनको संरक्षण र दीगो व्यवस्थापनमा उपभोक्ताको सहभागिता बढाउने, अवैध क्रियाकलाप नियन्त्रणमा समुदायलाई सशक्त बनाउने र दीर्घकालीन वन संरक्षणका लागि साझा सोच विकास गर्ने उद्देश्यले सहित उक्त कार्यक्रम गरेको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीले सामुदायिक वनको दीगो संरक्षण र व्यवस्थापनमा उपभोक्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । रहतावल बनको अनुगमन तथा निरीक्षणमा पुग्नु भएका क्षेत्रीले वन संरक्षणमा समुदाय आफैँ अग्रसर हुनुपर्छ। राज्यको मात्रै भरोसा गरेर सम्भव छैन, दीगो विकासको लागि समुदायको सक्रियता अनिवार्य हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा रहतावल सामुदायिक वनका अध्यक्ष यज्ञ बहादुर बेल्वासेले सहभागीहरूलाई वन संरक्षणका उपायहरूबारे जानकारी गराउनुभयो। वन क्षेत्रमा नियमित गस्ती सञ्चालन संगैं अवैध कटानी नियन्त्रणको लागि अभियान संचालन गरेको बताउनु भयो ।आगलागी रोक्न फायरलाइन निर्माण गरेर सचेतना फैलाइरहेको बताउनु भयो
अध्यक्ष बेल्वासेले आगामी दिनमा सामूहिक प्रयासबाट वन संरक्षणलाई अझ सुदृढ बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवीले वन अतिक्रमण र अवैध गतिविधि तथा वन विनाशको विषय उठाउँदै सचेतना फैलाउने मात्र होइन, संरक्षणका सकारात्मक अभ्यासलाई पनि प्रचार गरी समुदायलाई प्रेरित गर्न आवश्यक रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला निकाय र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले वन संरक्षणको दीगो रणनीति बनाउने र समुदायमा थप सचेतना फैलाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए।










