कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ अन्तर्गत दक्षिण रहटकोल र उत्तर रहटकोल गाउँमा रहेका गाउँब्लक क्षेत्रका ५० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। वर्षौंदेखि उपभोग गर्दै आएको जमिनको अधिकार कागजात प्राप्त भएपछि स्थानीयवासी खुसी भएका छन ।
पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री अर्जुन केसीले शिवराज नगरपालिकाले नागरिकको वर्षौंको प्रतीक्षा पुरा गर्दै रहटकोलका नागरिकको ऐतिहासिक दिन बनाएको बताउनु भयो । रहटकोलका जग्गाधनीहरूलाई लालपुर्जा वितरण गर्नु कार्यक्रम नभएर राज्यले नागरिकप्रति देखाइएको जवाफदेहिता रहेको बताउनु भयो ।
रहकोटमा रहेको समस्या समाधान गर्न नगरपालिकालाई यहाँका नागरिकले सहयोग गरेर नगरपालिकाको प्रसासनिक भवन वनाउन सहयोग गर्न तयार हुन पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अजय थापाले शिवराज नगरपालिका भित्र रहेका डि ब्लकको लालपुर्जा वितरण तथा नापचाँचको लागि महिनौ देखि नापी कार्यालयको स्थापना गरी संचालन गरेको बताउनु भयो । अबको तीन महिनाभित्र डि ब्लक अन्तर्गतका सबै जग्गाको लालपुर्जा वितरण कार्य सम्पन्न गर्ने गरि लागेको उहाँले बताउनु भयो ।नगरभित्र धेरै स्थानहरूमा अझै पनि दुई नम्बरी जग्गा रहेको भन्दै ती जग्गाहरूको पनि प्रमाणिकरणको प्रक्रिया अघि बढाइएको बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो दुर्भाग्यवश केही संकीर्ण सोच भएका व्यक्तिहरूका कारण नगरको विकास अवरुद्ध भइरहेको बताउनु भयो । थारु समुदायको बीचमा प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा सुनिश्चित गर्दा केही व्यक्तिले अवरोध गरे। सबै संरचना आफ्नै खेतमै बन्नुपर्छ भन्ने मानसिकताले यहाँको विकास रोकिएकोे छ यसकै कारण नगरपालिकालाई करोडौं लागतमा बन्ने भवन रोक्नुप¥यो र अहिले पनि कार्यालयलाई महंगो भाडामा सञ्चालन गर्न बाध्य छौं
अब समय आएको छ नगर र जनताको हितमा सबैले साथ दिनुपर्छ। विकास सबैको साझा आवश्यकता हो, त्यसैले स्थानीयवासीहरूबाट सहजीकरण गर्नु पर्ने बताउनु भयो ।
ललपुर्जा वितरण गर्दै नगर उपप्रमुख शिवकुमारी थारुले वषा पहिले शिवराजको २ नम्बर विभिन्न गाउका नागरिकलाइ लालपुर्जा वितरण गरेको भन्दै अव अन्य बाकिं गाउँमा वितरण गर्ने बताउनु भयो । उहाँले नापजाँच छुटेका गाउँहरूमा समन्वय गरेर प्रक्रिया अगाडि बढाइने उल्लेख गर्नुभयो।
जिल्ला नापी कार्यालय कपिलवस्तु (तौलिहवा) का प्रमुख जनक बहादुर भण्डारीले लालपुर्जा वितरण अभियानलाई थप तीव्र पारिने बताउँदै बाँकी क्षेत्रको बाँकि कार्यका लागि नगरसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासले रहटकोल गाउँका नागरिकले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गाको कानुनी प्रमाण—लालपुर्जा—प्राप्त गर्नु भनेको वडाको उपलब्धि भएको बताउनु भयो । हामीले वडास्तरमै समन्वय गरेर नापजाँच, नक्सांकन र विवरण संकलनको काम अघि बढाएको बताउनु भयो

स्थानिय समेत रहनु भएका नगर खेलकुद विकास समिति संयोजक सन्तोष चौधरीले रहटकोलका बासिन्दालाई वर्षौंदेखि उपयोग गर्दै आएको जग्गाको लालपुर्जा को लागि कानुनी कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिनु भएको थियो । कार्यपालिका सदस्य खगी सुनार, वडा सदस्य सीता रेग्मी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य प्रेम सुनारले गर्नुभएको थियो।











