(विजयनगर) कपिलवस्तु, २४ चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ छाे-अमाैली र परसाेहियाका आगलागी पिडितलाई कपडा वितरण गरिएको छ । छाे-अमाैली र परसाेहिया गाउँमा भीषण आगलागी हुँदा २७ घर जलेर नष्ट भएका थिए ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाकाे पहलमा बुटवल कपडा बैंकले आगलागी पिडित सबै परिवारलाई कपडा उपलब्ध गराइएकाे हाे । उक्त कपडा आइतबार गाउँपालिका अध्यक्ष थापा, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, समाजसेवी विजय कुमार चाैधरीले वितरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष थापाले गर्मीयाममा आगलागीका घटना दिनहुँ बढी रहँदा सबैले सचेत हुनुपर्ने बताउँदै प्रज्वलनशील सलाई, लाइटर जस्ता वस्तुहरु बालबालिकाकाे पहुँचबाट टाढा राख्न अनुरोध गरे । उनले थाेरै राहत स्वरुप कपडा वितरण गरिएको बताए ।
आगलागीले घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, गरगहना नगद गरी ६७ लाख बढीकाे क्षति भएको छ ।











