कपिलवस्तु — चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव, रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका पास्ट प्रेसिडेन्ट तथा हालका लिगल एडभाइजर रोट्रयाक्टर गोपाल बन्जाडेको जन्मदिनको अवसरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका वडा नं. ४ स्थित बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला, खरेन्द्रपुरका बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो।
क्लबका अध्यक्ष प्रकाश चौधरीका अनुसार सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडाध्यक्ष नसिम अहमद खान, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट रोटरियन युवराज पौडेल, क्लबका पास्ट प्रेसिडेन्टद्वय रोटरियन टिएन गैरे र रोटरियन विष्णुमाया गैरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी, आश्रमका प्रधानाध्यापक चुरामणि पोखरेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता तथा वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। क्लबका लिगल एडभाइजर गोपाल बन्जाडेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संयोजक सन्तोष पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लब सचिव राजेन्द्र बोहोराले गर्नुभएको थियो।

गोपाल बन्जाडे एमाले उपसचिवसमेत हुनुहुन्छ र उहाँ विभिन्न संघ–संस्थामा आबद्ध रहँदै सामाजिक सेवामा सक्रिय रहनुभएको छ।











