कपिलवस्तु —जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा ९८ जनाले मनोनय दर्ता गरेका छन् । क्षेत्र नं १ मा दलबाट २० र १४ जना स्वतन्त्र गरी ३४ जनाले मनोनय दर्ता गरेका छन् ।
क्षेत्र नं २ मा दलबाट १७ र ११ जना स्वतन्त्र गरी २८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं ३ मा दलका १३ र २३ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तु ३ मा ३६ जनाको उम्मेदवारी
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख दलदेखि नयाँ शक्ति र स्वतन्त्र उम्मेदवार गरि ३६ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।
उम्मेदवारहरूको सूचीः
नेकपा एमालेबाट — वीरेन्द्र कनौडिया
नेपाली कांग्रेसबाट — अभिषेक प्रताप शाह
नेपाली कम्युनिस्ट पार्टीबाट — एहसान खान
राष्ट्रिय स्वतन्त्र पार्टीबाट — प्रकाश रजौरिया
राष्ट्रिय मुक्ति पार्टीबाट — ईश्वरदायल मिश्रा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट — प्रेम शुक्ला
स्वतन्त्र उम्मेदवार — चिन्ता परियार
जनमत पार्टीबाट — इश्वर कुमार राउत
जनता लोकतान्त्रिक पार्टीबाट — अशोक कुमार यादव











