कपिलवस्तु -मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कार्यक्रम अनुसार (NPL) ट्रफी टुर अन्तर्गत आज देखी लुम्बिनी प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन सुरु गरिएको छ। दुई दिन सम्म हुने ट्रफि टुर प्रदेशका मुख्य मुख्य सहरमा पुग्ने कार्यक्रम तय भएको छ।
लिगको पूर्वसन्ध्यामा आयोजना गरिएको यस ट्रफी टुरले प्रदेशभरका क्रिकेटप्रेमीमा उत्साह जगाएको छ।
आज पहिलो दिन भैरहवाबाट टुरको औपचारिक सुरुवात गरेसंगै आज रुपन्देहीका विभिन्न सरहमा कार्यक्रम गरिने भएको हो।
ट्रफी टुराको दोस्रो दिन अर्थात भोलि नोभेम्बर २ का दिन बिहान ७ बजेदेखि ट्रफी टुर कपिलवस्तुको बनगाई, गोरुसिङ्गे, चन्द्रौटा हुँदै प्रदेशका प्रमुख सहरहरू — भालुवाङ, लमही, घोराही, पाण्डेश्वर महादेव मन्दिर, तुल्सिपुर, कोहलपुर र नेपालगन्ज (बगैश्वरी मन्दिर) सम्म पुग्ने कार्यक्रम रहेको छ।
ट्रफी यात्राको पहिलो दिन आज रुपन्देहीका विभिन्न सहरहरु ट्रफी लुम्बिनी मायादेवी मन्दिर, बेलहिया सुनौली, बुद्ध चोक, , स्टार क्रिकेट एकेडेमी, कोटिहवा, एक्स्ट्राटेक ग्राउन्ड, मणिग्राम, चौराहा, कालिका नगर (योगी कुटी), ओमोडा शोरूम, मिलन चोक, सिद्धार्थ रंगशाला र सिद्धार्थ बैंक परिसर हुँदै बुटवलसम्म प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

लुम्बिनी प्रदेशमा जारी ट्रफी टुरले स्थानीय युवामा क्रिकेटप्रतिको आकर्षण बढाउने र लिगको माहोल उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।










