कपिलवस्तु ।वन संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै रहतावल सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष पनि हरिबोधनी एकादशीको अवसरमा नि:शुल्क सालको लिगा वितरण गर्ने भएको छ।
वन समूहका अध्यक्ष यज्ञबहादुर बेल्बासेले कार्तिक १५ गते बिहान ५ बजेदेखि उत्तर रहटकोल चोकमा सालको लिगा वितरण सुरु गरिने बताउनु भयो । “वनको स्रोत र बन जंगल लाई दिगो रूपमा उपयोग गर्दै उपभोक्तालाई सहज बनाउने हाम्रो उद्देश्य सहित बन समितिले आफै ब्यवस्थापन गर्ने बताउनु भयो।
अध्यक्ष बेल्बासेले पूजाको नाममा जंगलमा अनधिकृत रूपमा रुख काट्ने कार्य पाइएमा वन ऐन अन्तर्गत कडा कानूनी कारबाही गर्न बाध्य हुने बताउनु भयो। एकादशिको पुज गर्न सालको लिगा आवश्यक हुने भन्दै उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउनुका साथै वनमा अन्धाधुन्ध कटानी नियन्त्रण गर्नु आफै बनले ब्यवस्थापन गरेको बताउनु भयो ।
रहतावल सामुदायिक वनले विगतका वर्षदेखि नै वन संरक्षण, दिगो व्यवस्थापन र सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै पूजाका सामग्री—विशेषगरी सालको लिगा—स्वयं व्यवस्थापन गर्ने परम्परा स्थापना गरेको छ।
यसै दिन कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व पनि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। असार शुक्ल एकादशीका दिन रोपिएको तुलसीको आजै विवाह गरिने धार्मिक प्रचलन रहेकाले यस दिनलाई तुलसी विवाह एकादशी पनि भनिन्छ।











