काठमाडौं, असोज २९ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीको केन्द्रीय कमिटीले निर्णय गरे भने आफू एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै उनले भने “फेसबुकमा कसैले भन्दैमा म अध्यक्ष पद छोड्दिनँ, कमिटीले आदेश दिए एक मिनेट पनि बस्दिनँ।”
ओलीले लोकप्रियतावादको पछि लागेर कमिटीको निर्णयविपरीत जानेहरू पार्टी सदस्य हुन नसक्ने स्पष्ट पारे।
उनले विरोधीहरूले आफू र पार्टीविरुद्ध चरित्र हत्या गरिरहेको पनि आरोप लगाए।
उनका अनुसार, पार्टीले नै महाधिवेशनको मिति तोक्नेछ र आफू व्यक्तिगत इच्छाले होइन, पार्टी र देशको हितका लागि नेतृत्व गरिरहेको बताए।
ओलीले देशभरका युवाले आफूलाई “केपी बा” भन्ने गरेकाले विरोधीहरूलाई पीडा भएको टिप्पणी गरे।











