जिल्ला उपसभापति हुमाकान्त खनालले बताए । अहिले देशको अवस्था गम्भीर रहेको भन्दै यो अवस्थामा नियमित वा विशेष महाधिवेशन आवश्यक रहेको खनालले जानकारी दिए ।
नेपाली कांग्रेस शिवराज नगर समितिबाट सुरु भएको यो अभियान अहिले जिल्लाभर सचालन भएको छ ।
कांग्रेसको विधानमा केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने छ । त्यसबाहेक ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान छ ।
जेनजी आन्दोलनपछिको घटनाक्रमलाई कारण देखाउँदै विशेष महाधिवेशनका लागि अभियान सुरु गरेको हो । अहिलेसम्म आवश्यक हस्ताक्षरभन्दा बढीको संकलन भइसकेको नेताहरुले दाबी गरेका छन् ।
लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनु पर्ने विधानमा व्यवस्था छ । विधानअनुसार कांग्रेसको नियमित महाधिवेशन आउँदो मंसिरसम्म गरिसक्नु पर्ने छ । विशेष परिस्थितिको कारण देखाउँदै एक वर्ष थप गर्न सकिने प्रावधानसमेत छ । मंसिर आउन डेढ महिनापनि बाँकी नरहेको अवस्थामा विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियानलाई समयमा महाधिवेशन गर्नका लागि दबाब दिने संकेतका रुपमा यो अभियान सुरु गरिएको हो ।










