कपिलवस्तु -शिवराज नगरपालिका वडा नम्बर ५ लेअनुदानमा कृषकहरुको कृषि उत्पादनमा सहजीकरण गर्नका लागि चारा काट्ने मेसिन (चाफकटर) वितरण गरेको छ। वडा कार्यालयले वडा भित्रका १० जना कृषकलाई मोटरसहितको चारा मेसिन हस्तान्तरण गरेको हो।
कार्यक्रममा उप–प्रमुख शिवकुमारी थारुले उत्पादनमुखी कृषिमा यस्ता उपकरणले ठुलो योगदान पुर्याउने बयाउनु भयो ।
प्रविधिमैत्री कार्यक्रममार्फत कृषकलाई आत्मनिर्भर बनाउन कार्यक्रम नगरले अगाडी सारेको बताउनु भयो ।
वडा अध्यक्ष नेत्र बेल्बासेले कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्न वडा प्रतिबद्ध रहेको बताउनु भयो ।
चारा मेसिन वितरणले किसानलाई समय र श्रम दुवै बचत गर्न सहयोग गर्ने बयाउनु भयो।कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले किसानको व्यवहारिक आवश्यकतालाई बुझेर अनुदानमा कार्यक्रम संचालन गरिएको बताउनु भयो।
वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कृषक र प्राविधिकको उपस्थिति रहेको थियो।











