कपिलवस्तु । नजिकिँदै गरेका चाडपर्वको अवसरमा नेकपा (एमाले) शिवराज नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विविध जातजाति, भाषा, धर्म र संस्कृतिबीचको एकता कायम राख्दै चाडपर्वलाई सामाजिक मेलमिलाप र राष्ट्रिय एकता सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य शिवकुमारी थारूले चाडपर्वले परिवार, समुदाय र समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने बताउनुभयो। उहाँले आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना विकास गर्दै सबै समुदायबीच एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका वक्ताहरूले चाडपर्वले देशवासीमा सुख, शान्ति, समृद्धि र अमनचयन कायम गर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
नेकपा ९एमाले० शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेकपा ९एमाले० प्रदेश कमिटी सचिवालय सदस्य डम्मर शर्मा, प्रदेश कमिटी सदस्य अर्जुनकुमार केसी, प्रदेश कमिटी सदस्य तथा शिवराज इन्चार्ज लंकाबहादुर हमाल, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल, जिल्ला सचिव सिबी गहतराज, एमाले नेतृ मीना परियार तथा जिल्ला कमिटी सदस्यलगायतको आतिथ्यता रहेको थियो।
नगर कमिटी उपाध्यक्ष टेकलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव गोपाल बन्जाडेले गर्नुभएको थियो।









