कपिलवस्तु । अविरल वर्षा, बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै कपिलवस्तुका कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका र बुद्धभूमि नगरपालिकाले असोज ८ र ९ गते दुई दिन शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेका छन्।
सम्भावित भारी वर्षाका कारण बाढी, कटान तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको हो।









