चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ ।
बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ ।
रसुवाका पत्रकार हेमनाथ खतिवडाले स्याफ्रुबेशी किनाराका बस्तीहरुमा बाढी पसेर क्षति पुगेको बताएका छन् ।
तिब्बत क्षेत्रमा बाढी आएको विषय त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई खबर गरेको उनले बताए ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रवेशी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावतीलगायत नुवाकोटका बस्ती हरु पनि जोखिममा परेको छ ।
बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।









