कपिलवस्तु ।यात्राका क्रममा धेरैको नजर पर्ने, तर वर्षौंदेखि सम्बन्धित निकाय र समाजको पर्याप्त ध्यान नपुगेको शिवराज नगरपालिका–४ समितिस्थित रामजानकी आधारभूत विद्यालयमा एक युवा व्यवसायीले छोरीको जन्मदिन फरक ढंगले मनाएका छन्।
शिवराज नगरपालिका–५ का युवा व्यवसायी रमेश खनालले छोरी समारिका खनालको पाँचौँ जन्मदिनको अवसरमा उक्त विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। उनले विद्यार्थीलाई झोला, कापी र कलम वितरण गर्नुका साथै दिवा खाजा समेत खुवाएका हुन्।
जन्मदिन मनाउन गरिने खर्चलाई सामाजिक सेवामा लगाउँदै खनालले बालबालिकाको भविष्यसँग जोडिएको सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।
बालबालिकाको भविष्य बोक्ने झोला वितरण गरेर छोरीको जन्मदिन विशेष बनाईदिएका हुन।
जन्मदिन मनाउन गरिने खर्चलाई सामाजिक सेवामा लगाउँदै खनालले बालबालिकाको भविष्यसँग जोडिएको सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। बालबालिकाको भविष्य बोक्ने झोला वितरण गरेर छोरीको जन्म दिन मनाईदिन पाउँदा खुसी ब्यक्त गरे ।
गरिएको शैक्षिक सामग्री वितरणले विद्यार्थीमा उत्साह थपिएको विद्यालयले जनाएको छ। सानो सहयोगले विद्यार्थीको पढाइमा प्रत्यक्ष सहयोग पुग्ने भन्दै जन्म दिन विद्यालयमा मनाएको बताए।
खनाल परिवारप्रति आभार व्यक्त गर्दै विद्यालयकी प्रधानाध्यापक सुमित्रा कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीले सामाजिक सेवासँग जोडेर गरिएको कार्यको प्रशंसा गरेका छन्।
सामाजिक कार्यले बालबालिकाको शिक्षाप्रति समुदायको जिम्मेवारी बढाउनुका साथै अन्य व्यक्तिलाई पनि जन्मदिन तथा अन्य शुभ अवसरलाई सामाजिक सेवासँग जोड्न प्रेरणा दिने समाजसेवी रणदिप खतिवडाले बताए।
जन्मदिनको खर्चलाई उत्सवमा मात्र सीमित नराखी शिक्षामा लगानी गर्ने खनालको प्रयासले समाजमा सकारात्मक सन्देश दिएको छ।
छोरीको जन्मदिनमा गरिएको यो सानो प्रयासले एउटा परिवारको खुसी मात्र होइन, आवश्यकतामा रहेका विद्यार्थीको अनुहारमा समेत मुस्कान ल्याएको छ।









