कपिलवस्तु। एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटि नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाबाट सम्मानित भएको छ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले आफ्नो ६१औँ रक्तसञ्चार दिवसको अवसरमा २०७ प्वाइन्ट रक्तदान गरी मानव सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीलाई उत्कृष्ट संस्थाका रूपमा प्रशंसापत्रसहित सम्मान गरेको हो। समितिका अध्यक्ष नारायण सापकोटाले संस्थाको तर्फबाट उक्त सम्मान ग्रहण गर्नु भएको थियो ।युवा संघले गएको साउन महिनामा बृहत रक्त्दान गरेको थियो ।
सम्मानपछि अध्यक्ष सापकोटाले यो सम्मान सम्पूर्ण रक्तदाता, युवा संघका पदाधिकारी, कार्यकर्ता तथा अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैप्रतिको सम्मान व्यक्त गर्नु भएको थियो । उहांले रक्तदानलाई जीवनदानको महाअभियानका रूपमा निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि
यस्ता कार्यक्रम गर्दै जाने बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपालका शिवराज इन्चार्ज रणदीप खतिवडाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका मानवीय अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि रक्तदानसहित जनहितका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनु भयो।
नेपाल रेडक्रस सोसाइटीले मानव जीवन बचाउने अभियानमा राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीले पुर्याएको सक्रिय योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो ।









