काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई सरकारले चोख्याउन खोजेको आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
उनले भने, ‘पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई जोगाउन र बचाउनका लागि आयोग नै लागि परिराखेका जनस्तरमा व्यापक आशंका र चर्चा छ ।’
कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुन भन्दा माथि रहने उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।
उनले थपे, ‘आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस् । प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र हो तसर्थ, आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्ति उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस् ।









