कपिलवस्तु ।रोटर्याक्ट क्लब अफ कपिलवस्तुको अध्यक्षमा रोटर्याक्टर सन्तोष पौडेल चयन भएका छन्। क्लबले रोटरी वर्ष २०२६/२७ का लागि नयाँ बोर्ड अफ डाइरेक्टर्स (BOD) लाई औपचारिक रूपमा घोषणा गर्दै पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वको साझा उद्देश्यसहित नयाँ टोली आगामी वर्ष क्लबलाई अझ प्रभावकारी, सक्रिय र सफल बनाउन प्रतिबद्ध सहित क्ल्ले नयाँ नेतृत्व चयन गरेको हो।
कार्यसमितिमा रोटर्याक्टर प्रकाश चौधरी IPP, रोटर्याक्टर राकेश जंग रायमाझी प्रेसिडेन्ट नोमिनी, रोटर्याक्टर शिला गैरे, बमदेव भण्डारी र सुरेश चौधरी उपाध्यक्षमा चयन भएका छन्।
त्यस्तै विष्णु राज भण्डारी सचिव, रोटर्याक्टर सुरज के.सी. कोषाध्यक्ष, रोटर्याक्टर सन्तोष गुप्ता सह–सचिव तथा रोटर्याक्टर धन बहादुर खत्री सह–कोषाध्यक्ष बनेका छन्।
साथै रोटर्याक्टर मनु पुन मगर र रोटर्याक्टर मनोज परियार सर्जेन्ट–एट–आर्म्सको जिम्मेवारीमा रहेका छन्। क्लबले नयाँ नेतृत्वसँगै आगामी वर्ष सामाजिक सेवा, युवाको नेतृत्व विकास तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।










