कपिलवस्तु-शिक्षा ऐनमा गरिएको संशोधन कार्यान्वयन गर्दै शिवराज नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन प्रक्रिया सुरु गरेको छ। बैशाख २२ गते सूचना प्रकाशित गर्दै नगरपालिकाले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” अनुसार शिक्षा ऐन २०२८ को दफा १२ उपदफा (१) को खण्ड (ग) खारेज भएसँगै सो आधारमा मनोनित सदस्यहरू स्वतः पदमुक्त हुने व्यवस्था लागू भएको जनाएको हो।











