बन्जाडे समाज कपिलवस्तुमा पनि गठन
प्रथम साधारण सभा तथा अधिवेशन शनिबार गोरुसिङ्गेमा सम्पन्न ,
अध्यक्षमा शालिकराम बन्जाडे निर्वाचित
बन्जाडे समाजका केन्द्रीय संयोजक हेमराज बन्जाडेको प्रमुख आतिथ्यता, लालचन्द्र बन्जाडे , रुद्रलाल बन्जाडे , जगत प्रसाद बन्जाडे लगायतको आथित्यता तथा जिल्लाका विभिन्न स्थानमा रहेका बन्जाडे बन्धुहरुकाे उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षका लागि शालिकराम बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय बन्जाडे समाज कपिलवस्तु गठन गरेको छ । जसको उपाध्यक्षमा शिव बन्जाडे , सचिव दिनेश बन्जाडे , कोषाध्यक्ष भबि बन्जाडे र सदस्यहरूमा पदमलाल बन्जाडे , बिनबहादुर बन्जाडे , शंकर बन्जाडे , रघुनाथ बन्जाडे , विष्णुप्रसाद बन्जाडे , निर्मला बन्जाडे , गोपाल बन्जाडे , गोविन्द बन्जाडे तथा सल्लाहकार समिति संयोजक रुद्रलाल बन्जाडे , सदस्यहरूमा गौरीप्रसाद बन्जाडे , नन्दलाल बन्जाडे , जालन्धर बन्जाडे , प्रेस सल्लाहकार विकास बन्जाडे, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण बन्जाडे रहेको जिल्ला कमिटी गठन गरेको छ । नवनियुक्त जिल्ला अध्यक्ष शालिकराम बन्जाडेले जिल्लामा छरिएर रहेका सम्पूर्ण बन्जाडे बन्धुलाई एकीकृत गर्दै आपसी भाईचाराकाे सम्बन्ध कायम राख्न जिल्ला समिति निर्माण गरेकोले अब सम्पूर्ण बन्जाडेबन्धु यसै संस्थामा आवद्ध हुन समेत अनुरोध गर्नुभयाे ।
बन्जाडे बन्धुकाे बंशावली निर्माण गर्ने कार्यमा सहजीकरण गर्ने , केन्द्रीय महाधिवेशन प्रतिनिधिकाे रुपमा रुद्रलाल बन्जाडे, बिनबहादुर बन्जाडे, शालिकराम बन्जाडे, शिव बन्जाडे, दिनेश बन्जाडेलाई पठाउने लगायतका निर्णय सर्वसम्मत रुपमा गरेको जिल्ला सचिव दिनेश बन्जाडेले जानकारी दिनुभयो ।











