कपिलवस्तु — शिवराज नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै विद्यालय र सरोकारवालाबीच सशक्त अन्तरक्रिया कार्यक्रम गरेको छ। शिक्षाका लागि राष्ट्रिय अभियानको सहकार्यमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय तहका प्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागीतामा अन्तक्रिर्या गरेको हो।
कार्यक्रममा सहभागीहरूले खुला छलफलमार्फत विद्यालयको वर्तमान अवस्था, सिकाइ उपलब्धि, विद्यार्थी उपस्थिति, अभिभावकको भूमिका, शिक्षकको जिम्मेवारी तथा स्थानीय तहको सहयोग जस्ता विषयमा गहिरो बहस गरेका थिए।
समस्या पहिचानसँगै समाधानका व्यावहारिक उपायहरू पनि प्रस्तुत गरिएको थियो।
विशेषगरी सार्वजनिक शिक्षाप्रति विश्वास अभिवृद्धि गर्ने, सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने, प्रविधिमैत्री शिक्षण विधि अपनाउने तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणाली विकास गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा नगर प्रमुख अजय थापाले सार्वजनिक शिक्षा बलियो भए मात्र समृद्ध र सक्षम समाज निर्माण सम्भव भएको भन्दै नगर संचालन गरेको निशुल्क शिक्षालाई प्रभाकारी बनाउन आवश्यक रहेको बताउनु भयो ह। नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक लगानी र सुधारका कामलाई निरन्तर अघि बढाएको बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरीले गुणस्तरीय शिक्षा नै सक्षम नागरिक उत्पादनको आधार भएको भन्दै गुणस्तर शिक्षामा जोड दिन आव रहेको बताउनु भयो ।
यसको लागि विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य अझ मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो ।
नगरले विद्यालय सुधार, शिक्षक क्षमता विकास, प्रविधिमैत्री शिक्षण र विद्यार्थी केन्द्रित सिकाइलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आगामी दिनमा थप प्रभावकारी रणनीति सहित तयार पारेको शिक्षा शाखा प्रमुख पूर्ण बिश्वकर्माले बताउनु भयो ।
कार्यक्रम शिक्षा विद एवम सहजकर्ता बिमल कुमार फुयालले
आज कक्षाकोठामा दिइने शिक्षा नै भोलिको समाजको स्वरूप निर्धारण गर्छ। त्यसैले गुणस्तरीय, व्यवहारिक र समावेशी शिक्षामा ध्यान दिनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रमको निष्कर्षमा सबै पक्षले मिलेर सार्वजनिक शिक्षाको स्तर उकास्ने, उत्तरदायी प्रणाली विकास गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











