कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा बजार क्षेत्रमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
मगलबार साझ चोक नजिक होटल खाली गल्लीबाट संकास्पद अवस्थामा बसेका एक जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष घिमिरे बताए ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुर बस्ने ३१ वर्षीय सुरज पाण्डेको साथबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
निजले लगाएको पाइन्टको दायाँ खल्तीबाट कालो प्लास्टिकमा बेरेर राखिएको खैरो रंगको गिलो पदार्थ फेला परेको हो। उक्त पदार्थ प्लास्टिकसहित ६ ग्राम ८० मिलिग्राम र प्लास्टिक हटाउँदा ५ ग्राम ४४ मिलिग्राम रहेको बताइएको छ।
पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिइ ७ दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











